उपभोक्ता समितिबाटै पूर्वाधारको विकास सम्भव: मन्त्री मगर



काठमाडौं, (नेस)।

उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको खानेपानी मन्त्री विना मगरले जिकिर गर्नुभएको छ।
उपभोक्ताहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले आइतबार काठमाडौंमा आयोजित एक समारोहमा यस्तो जिकिर लिनुभएको हो।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ वार्षिक साधारणसभालाई सम्बोधनका अवसरमा बोल्दै उहाँले भन्नुभयो– ‘पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरूका समस्या समाधानका लागि सरकार गम्भिर रहेको छ।’

कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव रामचन्द्र उपाध्यायले उपभोक्ता समितिले निर्माण गरेका आयोजनाहरू नमुना आयोजनाको रूपमा स्थापित भएको बताउनुभयो।

उहाँले उपभोक्ता समितिलाई आयकर, भ्याट लगायतका विषय र विद्युत महसुलमा, सिंचाइमा सरकारले सहुलियत नदिँदा समितिबाट सञ्चालित हुने परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो गर्नुभयो।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले उपभोक्ता समितिहरूलाई सेवामूलक संस्थाको रूपमा आयकर र भ्याटको व्यवस्था गर्न मन्त्रालयले पहल गरेको जानकारी दिनुभयो। ‘आयकर तथा भ्याट लगायतका समस्या समाधानका लागि मन्त्रालयले अर्थ मन्त्रालयसँग निरन्तर छलफल गरिरहेका छौँ।’, उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्