नेपाल समाचारपत्रकर्मी ढकाल पुरस्कृत



????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं।

काठमाडौं महानगरपालिकाले २५ आंै महानगर स्थापना दिवसको अवसरमा आइतबार नेपाल समाचारपत्रका सहसम्पादक ईश्वरराज ढकालसहित १० जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ। विगत १६ वर्षदेखि काठमाडौं महानगरपालिकाको समाचार सम्प्रेषण गर्दै आउनुभएका ढकाललाई ५० हजार रुपियाँ राशीको महानगरीय सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो।

उहाँलाई संघीय मामिला तथा सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठी, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपमेयर हरिप्रभा खड्गीले सम्मान गर्नुभएको थियो।

सम्मानित हुनेहरूमा अनलाईन खबरका डम्बरप्रसाद (रोयल)आचार्य, झिंगु डटकम अनलाईनकी रेखा शाक्य, नागरिक दैनिकका हिमाल लम्साल, नयाँपत्रिका दैनिकका तीर्थ बस्नेत, राष्ट्रिय समाचार समितिकी शर्मिला पाठक, राजधानी दैनिकका केशवप्रसाद पाण्डे , लहना साप्ताहिकका नृपेन्द्र श्रेष्ठ र संस्थागततर्फबाट गोरखापत्र दैनिकलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सामान्य प्रशासन मन्त्री त्रिपाठीले विश्वकै पुरानो शहरमध्येको काठमाडौं महानगरले २५ औंै स्थापना दिवस मनाएकोमा खुसी व्यक्त गर्दै महानगरको कामप्रति प्रोत्साहन गर्नुभयो। उहाँले महानगरलाई व्यवस्थित गर्न मेट्रो रेल आवश्यक रहेको उल्लेख गर्नुभयो।

पार्किङ समस्या समाधान गर्न महानगरले ठोस कदम चाल्नुपर्ने उहाँको भनाई थियो। कार्यक्रमममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरजस्ता ठूला शहरको विकास गर्न शहरी विकास मन्त्रालय गठन भएको बताउँनुभयो। उहाँले पछिल्लो समय कामपाले गरेको कामको प्रशंसा गर्नुभयो।

कार्यक्रममा सांसद जीवनराम श्रेष्ठले महानगरले नै नेपालको इतिहासको चिनारी दिएको बताउँनुभयो। कार्यक्रमममा मेयर शाक्यले कलासंस्कृतिको धनी महानगरलाई थप व्यवस्थित गर्न आवश्यक रहेको औल्याउनुभयो। उहाँले कला र संस्कृतिको विकासमा सहयोग पुर्याएवापत गुथीः बाजाका संरक्षक र महानगरको सुशासनको विषयमा समाचार प्रकाशन गरेवापत पत्रकारलाई सम्मान गरेको बताउनुभयो। उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले अब महानगरलाई हाँक्न महिला मेयरको खाँचो रहेको औंल्याउनुभयो।

कार्यक्रममा ज्यापु समुदायका परम्परागत ६३ गुथीः, खड्गी समुदायका ६० गुथीः, गुँला बाजाका २३ वटा समूहका बाजा गुरुहरूलाई नगदसहित सम्मान गरिएको छ। त्यसैगरी मखन टोल र किलागल टोलमा विराजमान परम्परागत दुई जीवित देवी कुमारीलाई मासिक १५ हजार रुपियाँ दिनेगरी सम्ममान गरेको छ। कार्यक्रममा इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजागुरुहरूलाई पनि सम्मान गरीएको छ।

प्रतिक्रिया दिनुहोस्