मध्यमर्स्याङ्दीको उत्पादनमा कमी



शिक्षा पन्त, लमजुङ।

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुदै आएको विद्युत कमी भएको हो । बर्खाको समय टर्बाइन खुल्ला छोड्दा ७३ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ५० मेगावाट मात्रै विद्युत उत्पादन हुने गरेको छ ।

मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख शिव कुमार शाहले दिउँसो २ देखि ३ घण्टा लोड घटाउने गरिएको र राति ४ देखि ५ घण्टाको समय एउटा मात्रै टर्बाइन सञ्चालन गरी पानी सञ्चित गरिएको बताउनुभयो । कार्तिक २० बाट पूरै गेट बन्द गरेर पानीलाई सुरुङमार्फत जलविद्युत् उत्पादनमा प्रयोग गरिएको उहाँले बताउनुभयो ।

शाहका अनुसार केन्द्रबाट बर्षायाममा ७३ मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । केन्द्रले ६ महिनासम्म कम्तीमा ७० मेगावाट विद्युत् उत्पादन हुने र अन्य समयमा पानीको बहाव कम भएकोले विद्युत उत्पादन घट्ने जनाएको छ ।

‘राति र दिउँसोको पानी जम्मा गरेर साँझ–बिहान पिक आवरमा ७० मेगावाट नै उत्पादन दिने तयारीमा छौ ‘। उहाँका अनुसार केन्द्रको तिन वटै गेटको मर्मत कार्य सुरु भएको छ । उहाँले भन्नुभयो मंसिर ५ गतेदेखि पहिलो नम्बर गेटको मर्मत कार्य सुरु गरिएको हो उक्त कार्य २० देखि २५ दिनभित्र सकिएसँगै दोस्रो र तेस्रो नम्बरको मर्मत कार्य सुरु गरिनेछ ।https://youtu.be/oRF_ATs6_f0

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/pxqeCWinkq8

प्रतिक्रिया दिनुहोस्