चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन



काठमाडौं ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । भट्टराईको ५१ वर्षको उमेरमा आइतबार राति १० बजेर २० मिनेटमा हृदयाघातका कारण निधन भएको छ ।

एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लैजादै गर्दा बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । निधनको कारण भने खुलेको छैन ।

भट्टराई तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय थिए । उनी दर्शकले रुचाएका राम्रा अभिनेता समेत हुन् ।निर्माता तथा कलाकारसमेत रहेका भट्टराइले निर्माण गरेका थुप्रै चलचित्रले बक्स अफिसमा राम्रो व्यापारसमेत गरेका छन् ।करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराइले केही राम्रा कामको सुरुवातसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्