पाल्पाका दुई सहकारी गाभिए



न्युज अफ नेपाल, पाल्पा ।

पाल्पाका दुइ सहकारीसंस्थाहरु एकिकृत कारोवार गर्ने गरी गाभिएका(मर्ज भएका) छन । बैंक तथा वित्तिय संस्थाहरु मर्ज भइरहेका बेला पाल्पाको तिनाउँ गाउँपालिकामा रहेका दुई सहकारी संस्थाहरुबीच पनि मर्जर प्रक्रिया सकिएको छ ।

तिनाउँ ६ मस्याम डुम्रेको फुलवारी बचत तथा ऋण सहकारी संस्था र डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाबीच एकआपसमा मिल्ने (मर्जर) भएको हो । १ हजार २ सय ८ सेयर सदस्य, १४ करोड ७१ लाख कारोवार गर्ने फुलवारी र २ सय २३ सेयर सदस्य सहित २२ करोड ७३ लाख कारोवार गरेको डुम्रेबीच मर्ज भएको हो ।

यी दुई सहकारीहरु मिलेर फुलवारी दुग्ध तथा तरकारी उत्पादक सहकारी संस्था लिमिटेडको नामबाट एकिकृत कारोवार सुरु भएको छ ।

एकिकरण कार्यदलका संयोजक गोपाल जिसीको अध्यक्षतामा भएको विशेष साधारण सभाका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सहकारीको संख्या घटाउँदै लगेर सहकारी सदस्यको संख्या बढाउँदै लगाने स्थानीय सरकारको नीति अनुसार सहकारी मर्ज भएर एकिकृत कारोवार गरेकोमा धन्यवाद दिनुभयो ।

उहाँले एक घर एक सहकारी सदस्यको नारा साकार पार्न समेत यस्ता कार्यक्रमले सहकारी मार्फत आयआर्जन वृद्धि र स्वरोजगारी सिर्जना गर्नमा टेवा पुग्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाले सहकारी मार्फतका विभिन्न कार्यक्रमहरु कृषि पशुपालन, दुग्ध, तरकारी खेती लगायतका आयमुलक काममा समेत विभिन्न सहयोग गर्दै आइरहेको र आगामकी दिनमा समेत सहयोग जारी रहने बताउनुभयो । उहाँले सबै जनताहरु सहकारीमा आवद्ध भएर काम गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष धुर्व अधिकारी, जिल्ला दुग्ध उत्पादक संघ पाल्पाका अध्यक्ष रामजी घिमिरे, डुम्रे दुग्ध उत्पादक सहकारी संघका निर्वतमान अध्यक्ष दुर्गा खाँड लगायतले शुभकामना दिनुभएको थियो ।

खाँडको अध्यक्षतामा नयाँ कार्यसमिति एकिकरण पछिको विशेष साधारण सभाले दुर्गा खाँडको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ ।

जसको उपाध्यक्षमा शंकर भण्डारी, महिला उपाध्यक्षमा दुर्गा विष्ट, सचिव पूर्णबहादुर सिल्वाल र कोषाध्यक्ष विमला सिंजाली रहनुभएको गाउँपालिकका अध्यक्ष ओमबहादुर घर्ती मगरले रानीमहलाई जानकारी गराउनुभयो ।

रामबहादुर पन्तको संचालनमा भएको कार्यक्रमको अध्यक्षता गोपाल जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्