अपडेटः सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु भएका १५ मध्ये १४ जनाको सनाखत



चिरञ्जीवी मास्के, दोलखा ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने ६ किलो भन्ने ठाँउमा आईतबार (आज) विहान भएको बस दुर्घटनाका मृतक १५ जना मध्ये ६ जनाको सनाखत भएको छ । दुर्घटनामा १२ जनाको घटना स्थलमा र तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएको दोलखा भीमेश्वर नगरपालिका–९ को २८ वर्षीया मञ्जु तमाङ, दोलखा भीमेश्वर नगरपालिकाकै ३७ वर्षीया जुनु तामाङ, सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ७ वर्षीया सविना तमाङ, २८ वर्षीय सुकबहादुर तमाङ, रामेछाप उमाकुण्ड गाँउपालिका–५ को २८ वर्षीय महेश तमाङ र भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को ३२ वर्षीय चिनु वस्नेतको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले बताउनु भयो ।

त्यसैगरी सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को १५ वर्षीया रोशनी तमाङ, ३० वर्षीया रेश्मा तमाङ, दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ६ का १० वर्षीय रञ्जीत वस्नेत, सिन्धुपाल्चोक लिशंखुपाखरको ५५ वर्षीया गंगामाया तमाङ, सिन्धुपाल्चोक बलेफि ७ को ३५ वर्षीया फुलमाया तमाङ, दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ को लक्ष्मी श्रेष्ठ, काभ्रेपलाञ्चोक बेथानचोक ५ को रामशरण खत्री, ३५ वर्षीया मैया केसी र रामेछाप सुनापाती ६ को ४२ वर्षीया जुनुमाया तमाङको पनि सनाखत भएको छ । एक जना महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शनिवार दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर सिन्धुपाल्चोकको मूडेमा बसेको बा ४ ख ४४६८ नम्बरको बस आईतबार (आज) विहान भक्तपुर फर्कदै गर्दा सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका वडा नम्बर ७ को ६ किलो भन्ने ठाँउमा दुर्घटनामा परेको थियो । उक्त बस शनिवार विहानै भक्तपुरको आर्दशबाट कालिञ्चोक गएको थियो ।

दुर्घटनामा १८ जना घाईते भएको र उनीहरुको काठमाडौँ, धुलिखेल र सिन्धुपाल्चोकको सदावहार अस्पतालमा उपचार भै रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक खनालले बताउनु भयो । मृतक आठ महिला, तीन पुरुष, एक बालिका र दुई बालक मध्य अधिकांश सिन्धुपाल्चोक जुगल गाँउपालिकाको रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको घाईहरुमा सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ३६ वर्षीया गंगामाया तमाङ, उनको दुई वर्षको छोरी आयुषा तमाङ, २२ वर्षको धनकाजी तमाङ, २४ वर्षको रञ्जीता तमाङ, २६ वर्षको हरिमाया तमाङ, ३७ वर्षको दोर्जे तमाङ, १६ वर्षको सागर तमाङ, ३० वर्षको दिपक तमाङ, २४ वर्षको नैना तमाङ, दोलखा शैलुङ् गाँउपालिका वडा नम्बर २ को सहचालक गिपलव तमाङ, भक्तपुरको सागर केसी र ठाँउ र नाम नखुलेको ५/६ महिनाको एक बालिका रहेको प्रहरी निरीक्षक खनालले बताउनु भयो ।

घाईते मध्य सहचालक गिपलव तमाङ, सागर केसी, दोर्जे तमाङ र सागर तमाङलाई उपचारको लागि काठमाडौँ पठाईएको, चार जनाको धुलिखेल अस्पतालमा उपचार भै रहेको र बाँकी घाईतेको सिन्धुपाल्चोक खाडीचौरको सदावहार अस्पतालमा उपचार भै रहेको प्रहरीले जनाएको छ । चालक सिन्धुपाल्चोकका सुमन तमाङ सम्पर्कमा नआएको र उनको खोजी भै रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमकला पाण्डेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्