नेता पौडेलद्वारा पाथीभराको दर्शन  



g]sf al/i7 g]tf kf}8]n tfKn]h’ª, @( dªl;/ M tfKn]h’ªdf cjl:yt k|l;4 tLy{:yn kfyLe/f dlGb/sf] bz{gsf nflu cfOtaf/ laxfg kl/jf/;lxt dlGb/ k’Ug’ePsf g]kfnL sfªu|]; al/i7 g]tf /fdrGb| kf}8]nnufot . t:jL/ M ;Gtf]if k’s'{6L÷/f;;

ताप्लेजुङ ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज परिवारसहित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक विवाद बढिरहेका बेला काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै दिन नेता पौडेल पाथीभराको दर्शनका लागि परिवारसहित यहाँ पुग्नुभएको हो ।

छोरा, बुहारी र नातीसहित यहाँ पुग्नुभएका पौडेलले आज बिहान पाथीभराको दर्शनपछि सुकेटार विमानस्थलमा पार्टीका स्थानीय नेता कार्यकर्तासँग संक्षिप्त भेटघाटसमेत गर्नुभएको थियो ।

भेटघाटका क्रममा उहाँले पार्टीभित्र रहेका आन्तरिक विवाद र असमझदारीका विषय प्याकजमै टुङ्गो लगाएर अघि बढ्ने बताउनुभयो । समयमा नै महाधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएरै अघि बढ्नेमा उहाँको जोड थियो ।

केन्द्रीय कार्यसमिति बैठकमा पार्टी महाधिवेशनलगायतका मुख्य विषयमा छलफल केन्द्रित नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्षबीच विवाद हुँदै आएको छ ।

पौडेल पक्षले यसअघिको बैठक बहिस्कार गरेपछि काँग्रेसले आजका लागि बैठक बस्ने निर्णय गरेको थियो । हेलिकप्टरमार्फत पाथीभराको दर्शनका लागि यहाँ आउनुभएका नेता पौडेल दर्शनपछि विराटनगर फर्किनुभएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्