रसुवामा बोधिचित माला फल्न सुरु



सरस्वती न्यौपाने, रसुवा ।

गोसाइकुण्ड गाउँपालिका–५ सानो भार्खुका कामी छिरिङ तामाङ जिल्लाकै वोधिचित माला खेति गरेर फलाउने पहिलो किसान भएका छन् ।

उनको बारीमा ४ वर्ष अघि १० वटा विरुवा रोपेका थिए । यसपाली ४ वटा वोटमा १६ सय नब्बे फलेका छन् । उनले १५ वटा माला र हातमा लगाउने ५ वटा मालाको. मुल्य ६ हजार देखि सातहजार सम्म पर्ने बताएको छन् । मालाको दाना ६ एमएम भन्दा सानो र हत्केला भरि अट्ने भएमा त्यस्ता मालाको मुल्य रु एक लाख सम्म पर्ने उनले बताएका छन् ।

माला खेतिबाट उत्साहित भएर थप राम्रो माला खेतिको लागी ग्रेडिङ अनुसार रु ४ हजार तिरेर ३ वटा बोट यसपालि पनि ल्याएर रोपेका छन् । बिरुवा महँगो पर्ने भएको ले कृषकलाई गाह्रो पर्ने भएकोे कारण राज्यले अनुदान दियो भने धेरै नै रोप्ने बताए ।

उनी जस्तै अन्य कृषकहरु छिरिङ पासाङ तामाङ, थार्चेन तामाङ, छिरिङ वाङदी मगर र कामी लामा तामाङले पनि बोधिचित माला रोपेका छन् ।

पुरख्यौली पेसा कृषि भएका कारण उनि साधारण लेखपढ गर्न जान्दछन् । उनले सदरमुकाम धुन्चेमा हिमालयन लेजेन्ड नामक होटल समेत सञ्चालन गरेका छन् । चार जनाको परिवार मिलेर होटल र कृषि पेशा लाई निरन्तरता दिइरहेको छन् ।

४८ वर्षीय तामाङले सानो भार्खुमा तरकारी खेति फलफुल खेति गरेका छन् । गरे के हुदैन रहेछ त? विदेशमा मिहिनेत र पसिना बगाउन जानु साटो त्यहाँ जाने खर्चले आफ्नै गाउँमा परिवारसँग बसेर केहि गर्छु भनेर आँट जागर र मिहिनेत गरे त नेपालमै छ पैसा जहाँ गएपनि मिहिनेत बिना केही हुदैन भन्ने मान्यता बोकेका कामी छिरिङ तामाङ जिल्लाकै नमुना कृषकको रुपमा चिनिन्छन् ।

कृषि प्रधान देशका हामी आफ्नै देशमा आफ्नै गाउँलाई कृषिमा मिहिनेत लगानी गरे सुन यही फल्छ बाँझो जमिन र भिरालो पाखाहरुलाई १२ महिना नै फल्ने बेमौसमी तरकारी फलाएर मनग्य आम्दानी गर्न सकिने उनि बताउछन् ।

प्रतिक्रिया दिनुहोस्