प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन, सोमबारदेखि छलफल



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

आइतबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन पेश गरेका हुन् ।

दुई घण्टा स्थायी समिति बैठक चलेर स्थगित भएपछि स्थायी समिति सदस्य भीम रावलले सोमबार ११ बजे फेरि बैठक बस्ने जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थित भने थिएन ।

आइतबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका पाँच एजेण्डा तय गरेको थियो । राजनीतिक प्रतिवेदन पेश, केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल(भारत सीमा विवाद, विधान संशोधन र अन्य एजेन्डा छलफलका लागि तय थिए।

प्रतिक्रिया दिनुहोस्