समाचारपत्रकर्मी ढकाल पुरस्कृत



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले २५ औ महानगर स्थापना दिवसको अवसरमा नेपाल समाचारपत्रका सह सम्पादक ईश्वरराज ढकाल सहित १० जना क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ ।

लगातार १६ वर्षदेखि काठमाडौं महानगरपालिकाको समाचार संप्रेषण गर्दै आउनुभएका ढकाललाई ५० हजार रुपिया राशीको महानगरीय शुसासन पत्रकारीता पुरस्कारबाट सम्मान गरेको हो । ढकालले विगत १६ वर्षदेखि काठमाडौं महानगरसंग सम्बन्धीत समाचार रिपोर्टिङ गर्दै आउनुभएको छ ।

उहाँलाई संघीय मामिला तथा सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठीले सम्मानपत्र, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नगद, कामपाका मेयर विद्यासुन्दर शाक्यले माला लगाएर सम्मान गर्नुभएभको थियो ।

सो अवसरमा अनलाईन खबरका डम्बरप्रसाद (रोयल) आचार्य, झिंगु डटकम अनलाईनकी रेखा शाक्य, नागरिक दैनिकका हिमाल लम्साल, नयाँपत्रिका दैनिकका तीर्थ बस्नेत, राष्ट्रिय समाचार समितिका शर्मिला पाठक, राजधानी दैनिकका केशवप्रसाद पाण्डे , लहना साप्ताहिकका नृपेन्द्र श्रेष्ठ र संस्थागत तर्फबाट गोरखापत्र दैनिकलाई सम्मान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्