टेटेमा आरुणी च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं।

तेस्रो एन प्याब्सन खेलकुद सप्ताहअन्तर्गत टेबलटेनिसमा आरुणी स्कुल शनिबार टिम च्याम्पियन बनेको छ।काठमाडौं एन प्याब्सनद्वारा आयोजित खेलकुद सप्ताहमा आरुणी १९ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्यो।

११ अंकमा ग्रिनफिल्ड नेसनल स्कुल दोस्रो तथा ९ अंकमा कान्तिपुर इङ्लिस एकेडेमी तस्रो भए। बाफलस्थित ग्रिनफिल्डमा भएको टेबलटेनिसमा विभिन्न २८ विद्यालयका ३ सय प्रतिस्पर्धी सहभागी थिए।

खेलकुद सप्ताहको औपचारिक उद्घाटन भने पुस १ गते टुँडिखेलमा हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष विष्णु पराजुलीले जानकारी गराए। टेबलटेनिसबाहेक खेलकुद सप्ताहमा ब्याडमिन्टन, छात्र क्रिकेट, छात्रा फुटसल र सिनियर छात्र बास्केटबलमा प्रतिस्पर्धा हुने छ।

प्रोग्रेसिभमा हुने ब्याडमिन्टनमा २ सय खेलाडी, टुँडिखेलमा हुने क्रिकेटमा ५० टिम, सिनामंगलस्थित ब्रिजवाटर स्कुलमा हुने फुटसलमा ६४ टिम तथा धुम्बाराहीस्थित युनिभर्सलमा हुने बास्केटबलमा ५० टिमले भाग लिने काठमाडौं एन प्याब्सनका प्रचारप्रसार विभाग प्रमुख गेन्द्र लामाले जानकारी दिए। प्रमुख लामाका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपियाँ खर्च हुनेछ।

प्रतिक्रिया दिनुहोस्