सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता



सिटिजन्स बैंक इन्टरनेसनल र टेस्ला डायग्नोस्टिक क्लिनिक, बालुवाटारबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिंँदा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

८५ वटा शाखा, ८४ वटा एटीएम र १०२ वटा शाखारहित बैंकिङ एकाईबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्