सेन्सेइ ब्रान्डका घरायसी सामग्री नेपाली बजारमा



सेन्सेइ ब्रान्डका घरायसी सामग्रीको नेपाली बजारमा लोकप्रियता बढेको कम्पनीको दाबी छ। जापानिज टेक्नोलोजीद्वारा निर्मित सेन्सेइ ब्रान्डका घरायसी सामग्री देशभरीका ग्राहकको मन मनमा बस्न सफल भएको छ।

सेन्सेई ब्रान्डले नर्मल टिभी, स्मार्ट टिभी, अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ।

चौधरी ग्रुप अन्तर्गत क्वालिटि प्रोडक्ट रहेको सेन्सेई ब्रान्डले थप नयाँ घरायसी सामाग्री पनि नेपाली बजारमा भित्राउन लागेको छ। हरेक नेपाली ग्राहकको रोजाईमा रहेको सेन्सेई ब्रान्डको अधिकारीक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालिले गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्