नेपालको नवीकरणीय ऊर्जा प्रविधिबारे इथियोपियालीद्वारा अध्ययन



काठमाडौं, (नेस)।

इथियोपियाको एक प्रतिनिधिमण्डलले नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, सो प्रविधि विस्तारमा सरकारी तथा गैरसरकारी पहल र त्यसलाई कार्यान्वयन गर्न बनेका नीति नियम र निजी क्षेत्रको सहभागिताको बारेमा बृहत् अध्ययन गरी फर्किएको छ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्यसले गरेका विगतका काम र आगामी योजना, विभिन्न प्रविधिको गुणस्तर मापन र नियमनका लागि गठित नवीकरयीय ऊर्जा परीक्षण केन्द्र, नवीकरणीय ऊर्जा कोष परिचानमा बैंकको भूमिका र प्रभावकारीता सम्बन्धी अध्ययन गरेको छ।

टोलीले ग्रामीण प्रविधि केन्द्रलगायत विभिन्न गैरसरकारी संस्था र निजी क्षेत्र र सरकारीले गरेका कामका बारेमा अध्ययन गरेको छ र नेपाल नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपाल निकै अघि बढेको र यहाँको नीति, सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रको पहलकदमीले गरेको प्रगाति टोलीले अनुभव गरेको छ।

संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष, इथियोपियाको आयोजना र नवीकरणीय ऊर्जा परिसंघ, नेपालको व्यवस्थापनमा भएको यो अध्ययन भ्रमणमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, इथियोपियाका तीन जना र जलस्रोत, सिँचाइ र ऊर्जा मन्त्रालयसंँग सम्बन्धित विभिन्न १२ जना गरी १५ जनाको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्