एनसेलद्वारा विजयी ग्राहकलाई पुरस्कार हस्तान्तरण



नेपाल समाचारपत्र, काठमाडौं।

एनसेल प्रालिडले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। कम्पनीले सिराहाका आशिष राउत र धादिङकी नानीमैया थापालाई जनही २ लाख नगद पुरस्कार हस्तान्तरण गरेको हो। राउत तेस्रो हप्ताको विजयी ग्राहकमध्येका एक हुन् भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहकहमध्येका एक हुन्।

आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर गत मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ। यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपियाँ नगद र प्रत्येक महिना १० लाख रुपियाँ नगद जित्ने मौका पाउँने कम्पनीले जनाएको छ।

राउत र थापालाई एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो। दोस्रो हप्ताका पाँचजना विजयीमध्ये एक जना यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो। उनको स्थानमा सोमबार प्रत्यक्ष प्रसारण कार्यक्रम मार्फत प्रक्रिया पुर्याई थापा नयाँ विजयी ग्राहकका रूपमा छानिनुभएको थियो।

तेस्रो हप्तामा छानिएका पाँच विजेता ग्राहकहरूमध्ये एक यस योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएका छन्। त्यसैगरी तीन जना प्रमाणिकरण प्रक्रियामा रहेका छन्। अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता ग्राहक छनोट गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्