टेलिकमको एफटीटीएच सेवा २५ जिल्लामा



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल टेलिकमले तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ। काठमाडौं उपत्यकाबाट वितरण प्रारम्भ गरिएको एफटीटीएच सेवा हाल नेपालभर २५ जिल्लाका विभिन्न स्थानमा उपलब्ध छ।

काठमाडौंमा यो सेवा कीर्तिपुर कार्यालयअन्तर्गत भत्केकोपाटी रुट, एक्सचेन्ज एरिया, नगाउँ दोबाटो चोक, नगाउँ, कीर्तिपुर विहार, कीर्तिपुर, कीर्तिपुर ढोकासी, चिखु प्लानिङ, कुमारी क्लब र ट्याङ्लाफाँट क्षेत्रमा यो सेवा वितरण भइरहेको कमपनीले जनाएको छ।

त्यसैगरी गोंगबु कार्यालयअन्तर्गत चमती, गोंगबु चोक रिङरोड, खुसिबु टाउन प्लानिङ, खुसिबु नयाँबजार र बसुन्धरा क्षेत्रमा सेवा वितरण भइरहेको छ। नक्साल एक्सचेन्जबाट पुतलीसडकमा कुमारी बैंकको विपरित क्षेत्र, पुतलीसडक, स्टार मल, डिल्लीबजार, डिल्लीबजार पिपलबोट, चारखाल, ज्ञानेश्वर, घट्टेकुलो, मैतीदेवी, खसीबजार र कृष्ण पाउरोटी क्षेत्रमा एफटीटीएच सेवा उपलब्ध छ।

छाउनी कार्यालयअन्तर्गत कालिमाटी, ताहाचल, छाउनी, बाफल र गाईबाच्छा पाटी क्षेत्रमा र नैकापअन्तर्गत सिभिल होम्स् तीनथाना, अर्किड कोलोनी, ढुंगेअड्डा तथा ढुंगेअड्डादेखि तीनथाना क्षेत्रमा यो सेवा वितरण भइरहेको छ।

सुन्धारा कार्यालयबाट ठहिटी चोक, भेडासिंह, असन, बागदरबार र टेकु तथा हात्तिगौडाअन्तर्गत बसुन्धरा, महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट नजिक, सुकेधारा र धुम्बाराही नजिक क्षेत्रमा यो सेवा उपलब्ध छ।

बबरमहल कार्यालयअन्तर्गत अल्फा बिटा नजिक, बीआईसीसीको उत्तर, ह्वाइट हाउस नजिक र भेनस हस्पिटलको विपरित क्षेत्रमा यो सेवा उपलब्ध छ। त्यसैगरी ठिमी(गोठाटार) अन्तर्गत नमुना चोक, सनराइज चोक, काँडाघारी चोक नजिक र सनसिटी तथा चाबहिलमा कार्यालय नजिकको क्षेत्रमा यो सेवा उपलब्ध छ।

ललितपुर जिल्लामा सैंबु, पाटन र ठैब कार्यालयबाट एफटीटीएच सेवा वितरण भइरहेको छ। सैंबु अन्तर्गत संैबु कार्यालय, विनायक कोलोनी, जनता आवास र कार्यविनायक तथा पाटन कार्यालय अन्तर्गत बखुन्डोल नजिक, सानेपा चोक, झम्सिखेल, घुसिंगाल, कुपन्डोल र कानदेवता स्थानमा यो सेवा उपलब्ध छ।

त्यसैगरी ठैब कार्यालय अन्तर्गत झरुवारासी, नयाँ बस्ती र दमाईटारमा यो सेवा उपलब्ध छ। भक्तपुर जिल्लामा भक्तपुर र ठिमी कार्यालयले एफटीटीएच सेवा उपलब्ध गराइरहेका छन्।

भक्तपुर अन्तर्गत जितपुर र नगरकोट तथा ठिमी अन्तर्गत आँखा अस्पताल क्षेत्र, पुल नजिकै, क्याबिनेट २५मा र कौशलटार क्षेत्रमा यो सेवा उपलब्ध छ।

कास्कीको पोखरा तथा पार्दी क्षेत्रमा हल्लन चोक, जरेबर र लेक साइडमा यो सेवा लिन सकिन्छ। रुपन्देहीको भैरहवास्थित अन्चलपुर, मिलनचोक र एक्सचेन्ज चोक, मंगलापुरस्थित पारामाउन्ट चोक, नयाँ मिल एरिया, एनटी एक्सचेन्ज क्षेत्र र भक्तपुर चोक एरिया, बुटवलस्थित महेन्द्र चोक, ट्राफिक चोक र अमरपथ तथा सूर्यपुरामा यो सेवा उपलब्ध छ। काभ्रेको बनेपा कार्यालय नजिक यो सेवा उपलब्ध छ।

कम्पनीका अनुसार दाङको घोराही, बागलुङको बागलुङ बजार, बाँकेको नेपालगन्जस्थित भृकुटीनगर, बसपार्क, कारकान्दोअन्तर्गत नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय, धम्बोझी क्षेत्र, राँझा एयरपोर्ट, कोहलपुर र शिव मन्दिरमा यो सेवा उपलब्ध छ।

चितवनको सौराहास्थित हात्तिचोक र बछौली चोक, भरतपुर क्षेत्र, टाँडी चोक, प्रहरी कार्यालय र दूरसञ्चार मोडमा यो सेवा उपलब्ध छ।

मकवानपुरको हेटौंडास्थित वस्तीपुर, हेटौडा टेलिकम कार्यालय नजिकको क्षेत्र, बुद्धचोक, ओमभवन र चौकी टोल ओरालोमा यो सेवा उपलब्ध छ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी पनि छ। यो सेवा मुलुकभर विस्तार गर्न कम्पनीले तीब्र रुपले कार्य योजना अघि बढाएको छ। कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्राण्डिङ गरेको छ।

प्रतिक्रिया दिनुहोस्