आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ



न्युज अफ नेपाल, गुलरिया ।

आफ्नै छोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बर्दियाका ४० वर्षीय पुरुषलाई पक्राउ गरेको छ

बिगत केही महिनादेखि आफ्नै १८ वर्षे छोरीलाई भारतको बैङ्लोर लगी एक महिनासम्म पटक पटक यातना तथा धम्की दिइ जबरजस्ती करणी गरेको पीडितको सूचनाका आधारमा प्रहरीले निजलाई पक्राउ गरेको हो ।

मंसिर २४ गते नेपाल फर्कने क्रममा बाँकेको नेपालगञ्ज न्यूरोडस्थित एक होटलमा राखी फेरि जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको छ । निजले छोरीलाई मंगलवार घर जान अशुभ हुने भन्दै बुधबार जाने बहानामा होटलमा रखेको प्रहरीले जनाएको छ । बुधबार बर्दियामा रहेको आफ्नो घर पुगेपछि पीडितले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा रहेको टोलीले बर्दियाको मधुवन नगरपालिका(६ स्थित नेपाल भारत सीमा नजिकबाट भारततर्फ जाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गरेको हा ।

पक्राउ परेका बाबुमाथि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्