आत्मसन्तुष्टिमा नरमाउन सरकारलाई नेता नेपालको सुझाव



सरोज यादव, विराटनगर ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कामकारवाहीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुराकानी गर्नुहुँदै उहाँले जनताले सरकारको कामकारवाहीका बिषयमा उठाएका प्रश्नहरुको बिषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले जनताले उठाएका गुनासाहरुको खोजी गरेर सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो । नेता नेपालले आत्मसन्तुष्टिमा रमाउनुको साटो उठेका गुनासा र आलोचनाहरुलाई समाधान गर्दै जानुपर्ने बताउनुभयो । नेता नेपालले पार्टीको लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको समेत दाबी गर्नुभयो । उहाँले पार्टीले विगतमा जितेको केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको कामकारवारी, उम्मेदवारको चयन लगाएतका कारणले भएको बताउनुभयो । संचारकर्मीको जिज्ञासामा जवाफ दिनुहुँदै उहाँले पार्टीभित्र एक व्यक्ति एक पद अनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग अगलहुनुले सरकार सञ्चलन र पार्टी संगठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्तगर्नु भयो ।

नेता नेपालले कालापानी र लिपुलेक सम्वन्धमा सत्य र प्रमाण सहितको प्रतिवेदन भारत सरकारलाई वुझाई सकिएको जानकारी दिनुहुँदै सरकारीस्तरको बार्ताबाट समस्याको हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले सीमा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुले दुई देश वीच विवाद सिर्जना गर्नु मात्र हुनेछ भन्दै यो समस्यालाई छलफल र वार्तावाट समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्