‘गर्भ देखि नै बालबालिकाहरुको सुरक्षा जरुरी छ’ : मन्त्री बास्कोटा



मोतीराम तिमल्सिना, काभ्रे । 

जिल्ला बाल क्लव सञ्जाल, काभ्रेको पाँचौ जिल्ला बाल भेला बनेपामा सम्पन्न भएको छ । भेलाको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गर्नु भयो । भेलाको उद्घाटन गर्दै मन्त्री बास्कोटाले बालबालिकाहरुको सुन्दरता ज्ञान र क्षमता सहितको भित्री सुन्दरता रहेको बताउनु भयो ।

‘पढेर मात्रै होईन चेतना र अनुभवले पनि बालबालिकाहरुको भविश्य निर्धारण गर्नु पर्छ’– मन्त्री बास्कोटाले भन्नु भयो–‘बालबालिकाहरुका लागि सरकारले दिवा खाजाको ब्यवस्थापन गरेको छ ।’ जिउने कला र वातावरण बनाउनु पर्ने बताउँदै मन्त्री बास्कोटाले सोच्ने कुरा बदलिनु पर्ने बताउनु भयो ।

श्रमप्रति सम्मान गर्नु पर्ने बताउँदै समाजलाई, परिवारलाई, ब्यक्तिलाई भड्काउन थालिएको मन्त्री बास्कोटाले बताउनु भयो । ‘समयसँगै समाज बदलिएको छ’–मन्त्री बास्कोटाले भन्नुभयो–‘अधिकारका लागि बालबालिकाहरुको गर्भ देखिकै संरक्षण गरिनु पर्छ ।’ बाल अधिकार गर्भ देखि नै शुरु हुने बताउँदै मन्त्री बास्कोटाले बालबालिकाहरुको जीवनको जिम्मेवारी अभिभावकहरुको हातमा निर्भर हुने बताउनु भयो । ‘परिवार, छिमेकी, समाज हुँदै विद्यालयबाट भविश्य निर्धारण हुन्छ’–मन्त्री बास्कोटाले भन्नुभयो–‘बालबालिकाहरुलाई संस्कार, सभ्यता, चेतना सँगै शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिनु भयो ।’ बालबालिकाहरुलाई विद्यालय क्षेत्र बाहिर नराख्न सरकारले दिवा खाजा लगाएका सेवा सुविधाहरु उपलब्ध गराउन थालेको उहाँले बताउनु भयो ।

जिल्ला अध्यक्ष रञ्जन पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल अधिकारको क्षेत्रमा कार्य गर्ने, बाल मैत्री वडा घोषणा गर्ने, पुर्व बाल क्लवका अध्यक्षहरु तथा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेहरुलाई सम्मान गरिएको थियो । बालबालिकाहरुको विभिन्न गतिविधिहरु समेत समेटेर स्मारिका प्रकाशन गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य चन्द्र लामा, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, एसओएस बालग्रामका निर्देशक इश्वरी पौड्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, कृष्णचन्द्र आचार्य, संस्थापक अध्यक्ष निगम हुमागाई लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्