धनुषा बम विस्फोटमा संलग्न भएको आरोपमा ३ जना पक्राउ



न्युज अफ नेपाल, धनुषा ।

धनुषाको छिरेश्वरनाथ–५ गराइएको बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर दुईका संयोजक ५१ वर्षिय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

उक्त विष्फोटम परी प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको थियो । शुक्रबार राति पौने १२ बजे धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित राजेश साहको नवनिर्मित घरमा शक्तिशाली बम बिस्फोट भएको थियो ।

व्यापारिक पृष्ठभूमिका साहको शुक्रबार राति आफ्नै घरमा भएको शक्तिशाली बम विस्फोटमा परी ज्यान गएको थियो । उनीसँगै विस्फोटमा परी प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित राजेशका १६ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्