बारमा भेटिएका विमलसहित ४ कारवाहीमा, ९० दिन निलम्बन, ५० हजार जरिवाना



न्युज अफ नेपाल, काठमाडौं ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चार खेलाडीलाई कारवाही गरेको छ ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेका विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङ ठमेलको लाउन्ज बारमा भेटिएपछि एन्फाले कारवाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजार जरिवाना समेत गरिएको छ ।

एन्फाले उनीहरुलाई पहिलेनै निलम्बन गरेको थियो । एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ । चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने भएका छन् । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्