उत्तरी धादिङमा हिमपात (फोटो फिचर)



न्युज अफ नेपाल, धादिङ ।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका अन्तरगत तिप्लिङ, लापा, सेर्तुङ र खनियाबास गाउँपालिका अन्तरग झर्लाङमा हिजोदेखि हिमपात भएको छ ।

हिमपातका कारण उत्तरी धादिङको लब्दुङ, लिंजो, ठूलो गाउँ, नेवेर, लापा खादीङ, था माथिल्लो भागमा पर्न बस्तीहरुमा भारी हिमपात भएको तिप्लिङका शिषक नरबहादुर घलेले बताउनुभयो ।

हिमपात सुरु भएपछि हिजो विद्यार्थीहरु भागाभाग गरे घरतर्फ गएका थिए । गाउँ हिउँले ढाकिएपछि जनजिवन कष्टकर भएकोले मानिसहरु घर भित्रै बसीरहेका छन् भने गाइबस्तु चिसोले कठ्यांग्रिएको छ ।

हिमपात सुरु भएपछि हिजो विद्यालय बन्द भएको थियो भोली आइतबार चिसोले गर्दा विद्यालय खोल्न नसक्ने अवस्था आएको छ ।

उत्तरमा हिमपात भएपछि हिउँखेल्न जाने आन्तरिक पर्यटकहरु रसुवाको बाटो हुँदै सोक्षेत्रर्फ जान थालेका छन् ।

फोटो फिचर

प्रतिक्रिया दिनुहोस्