धनुषा विस्फोटको प्रारम्भिक अनुसन्धानः राजेश साहको हत्या नै गर्ने मूख्य उद्देश्य



न्युज अफ नेपाल, जनकपुरधाम ।

धनुषाको छिरेश्वरनाथ–५ गराइएको बम विस्फोटमा प्रहरीले आपराधिक समूहको प्रयोग भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

विस्फोटमा मृत्यु भएका राजेश साहको हत्या नै गर्ने उद्देश्यले उनको घरमा बम राखिएको अनुमान प्रहरीले गरेको छ।

व्यापारिक पृष्ठभूमिका साहको शुक्रबार राति आफ्नै घरमा भएको शक्तिशाली बम विस्फोटमा परी ज्यान गएको छ। उनका छोरा आनन्द र बम राखिएको सूचना पाएपछि घटनास्थल पुगेका नेपाल प्रहरीका इन्स्पेक्टर अमीर दाहालको पनि ज्यान गएको छ।

यो पनि पढ्नुहोस्

धनुषा विष्फोटमा प्रहरी इन्स्पेक्टरसहित ज्यान गुमाउनेको संख्या ३ पुग्यो

धनुषामा बम विष्फोट, एकै परिवारका २ जनाको ज्यान गयो, ४ घाइते

प्रतिक्रिया दिनुहोस्