धनुषा विष्फोटमा प्रहरी इन्स्पेक्टरसहित ज्यान गुमाउनेको संख्या ३ पुग्यो



न्युज अफ नेपाल, जनकपुरधाम ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा गम्भीर घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा गोली लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । इन्स्पेक्टर दाहालको पनि मृत्यु भएपछि बम विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ ।

दाहाललाई शनिबार बिहान डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्