युवती बलात्कारको आरोपमा एक पक्राउ



इटहरी । इटहरी उपमहानरपालिका–१९ की एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उपमहानगरपालिका–२० मा सन साहेव फर्निचर सञ्चालन गर्दै आएका राजेशकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत जेठमा विराटनगरस्थित अतिथि सदन नजिक एक युवतीलाई बलात्कार गरेर फरार रहेका मेहतालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मेहतालाई बिहीबार पक्राउ गरी मोरङ प्रहरीको जिम्मा लगाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । मेहतालाई जबरजस्ती करणी उद्योग मुद्दामा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्