रोेहिंग्या शरणार्थीलाई टहरा हटाउन ७ दिने अल्टिमेटम

शरणार्थीको चेतावनीे–‘यूएनएचसीआरको गेटमा अनसन बस्छौं’



मोतीराम तिमल्सिना, काभ्रेपलाञ्चोक ।

म्यानमारबाट विस्थापित रोहिंग्या समुदायका ५० परिवारको बसोबासका लागि काठमाडौबाट पनौती नगरपालिका वडा नम्वर ३ कुशादेवी बन्चरेटारमा निर्माण भएका २३ टहरा हटाउन जग्गाधनी सत्यराम थापा मार्फत सम्पर्कमा आएका रामेश्वर थापाले ७ दिन भित्र हट्न अल्टिमेटम दिएका छन् ।

‘हामीलाई सम्पर्कमा ल्याउने रामेश्वर थापाले आफ्नै पम्पमा बोलाएर ७ दिन भित्र हटन् निर्देशन दिनु भयो’–रोहिंग्या समुदायका अगुवा मोहमद ऐसुपले भन्नुभयो–‘यूएनएचसीआर नेपालमा काम गर्न दिदैन, बसोबास पनि दिदैन, पैसा पनि दिदैन, के भोक भोकै मर भन्या हो ?’ पनौतीको कुशादेवी स्थित बञ्चरेडाँडामा निर्माण गरिएको टहरा हटाएर जाने स्थान कतै नभएकाले यूएनएचसीआरको गेटमा गएर आमरण बस्ने चेतावनी ऐसुपले दिनु भयो । शुक्रबार नेपाल समाचार पत्र राष्ट्रिय दैनिकमा कुशादेवीमा रोहिंग्या शरणार्थीले धमाधम टहरा निर्माण गरेको समाचार प्रकाशन सँगै स्थानीयहरुले समेत आक्रोश ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमा समेत शरणार्थी राख्न पैसाको चलखेल गरेको आरोप लगाएका छन् । २०१२ देखि नेपाल भित्रिएका रोहिंग्या समुहलाई शरणार्थीको प्रमाणपत्र दिदै यूएनएचसीआरले रकम उपलब्ध गराउँदै आएको भए पनि २०१५ देखि पैसा नदिएको ऐसुफले बताउनु भयो । पैसा नदिए पछि पेट पाल्नु काम गर्नुको विकल्प नभएको उहाँले बताउनु भयो ।

२०१३ मा नेपाल आएका नुर हाफिसले शरणार्थीा रुपमा यूएनएचसीआरले प्रति ब्यक्ति ५७५०, प्रति महिला घरको मुलीलाई ३७५० र प्रति बच्चा २७५० रुपैया दिर्दै आएको बताउनु भयो । २०१५ बाट उक्त रकम बन्द गरेपछि रोहिंग्याले आन्दोलन गरेका थिए । उनिहरुका अगुवा हसन हसन सोहि क्रममा डेड महिना जेल परेका थिए । स्थानीय सरकार, जिल्ला प्रशासनलाई २०७६ मसिर १० गते काम गर्ने मजदुरका रुपमा आएको जानकारी दिएर रोहिंग्या समुहले धमाधम टहरा निर्माण गरेको हो । ‘काठमाडौको बुढानिलकण्ठको कपन स्थित लसुनेटारबाट पनौतीको कुशादेवीमा आएका रोहिंग्या समुहले निर्माण गरेको टहरा हटाउन अल्टिमेटम दिए पछि थप तनावमा परेको ऐसुफले बताउनु भयो । ‘कहिँबाट सहयोग छैन, आफ्नो देशबाट निकाला भएका छौं, पेट पाल्नकै लागि हामी यहाँ आएर टहरा बनायौं’–मोहमद ऐसुपले भन्नु भयो–‘२०१३ देखि म नेपाल आएर अधिकारका लागि लडिरहेको छु । २०१८ सम्म ३ सय ५५ जना रोहिंग्या नेपाल आईसकेका छन् । २०१९ मा सरकारले कडाई गरेका कारण आउन सकेका छैनन ।’

कुशादेवीकै रामेश्वर थापाले त्रिवीका एक प्राध्यापक मार्फत कुशादेवीका जग्गा धनी सत्यराम थापासँग ऐसुपको भेट भएको थियो । सत्यरामले भतिज रामेश्वर थापा मार्फत उनिहरुलाई भाडामा जग्गा उपलब्ध गराएका थिए । थापा ललितपुर लुभु लामाटार कुशादेवी पनौती नमोबुद्ध सडकको काम गरिरहेका छन् । ‘मैले शरणार्थी भनेर चिनेको मसिंरको १३ गते तिर मात्रै हो’–थापाले भन्नुभयो–‘शरणार्थी भनेर चिनेपछि झनै काममा लगाएको छैन ।’ उनिहरुलाई जग्गा खाली गर्न ७ दिनको समय दिएको थापाले बताउनु भयो ।

२१ टहरा निर्माण भई सकेका छन् । २१ टहरामा बच्चा १२, महिला ९ सहित पुरुष १३ गरी ३४ जना छन् । २३ वटा टहरा निर्माण सम्पन्न भए पछि ९० जना बस्ने मोहमद ऐसुपले बताउनु भयो । ‘हाम्रो मुख्य माग नागरिकता र आफ्नो सम्पती फिर्ता गरी निर्वाध म्यानमारमा बस्न पाउनु पर्छ भन्ने हो’–उहाँले भन्नु भयो–‘म्यानमार सरकार र यूयनएचसीआरले प्रतिवद्धता ब्यक्त गरे लगत्तै फर्कन तयार छौ ।’ म्यानमार सरकारले बंगालीको आरोपमा ११ लाख नागरिकलाई देश निकाला गरेको थियो । बंगलादेशमा रहेका शरणार्थी एजेन्ट मार्फत नेपाल प्रवेश गरी शरणार्थीको प्रमाणपत्र लिएका हुन् । २०१२ देखि उनिहरु धमाधम नेपाल आउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्