कालिञ्चोकको कुरी क्षेत्रमा भारी हिमपात



न्युज अफ नेपाल, दोलखा ।

दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ ।

कालिञ्चोकको कुरी क्षेत्रमा शुक्रबार बिहानदेखि नै हिउँ परिरहेको छ । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण चिसो बढ्दा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।

विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने होटल व्यवसायी बताउँछन् ।

काठमाण्डौबाट १ सय ३३ किलोमिटर यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्