सुदूरपश्चिम प्रदेश सरकारले सागका पदक विजेतालाई पुरस्कृत गर्ने



कैलाली।

सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सम्पन्न भएको तेह्रौैँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० का पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्नेभएको छ ।

दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट राष्ट्रको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरुलाई मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान स्वरुप पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिं ओलीले जानकारी दिनुभयो ।

खेलाडीहरुको मनोबल बढाउनुका साथै उच्च आत्मसम्मान प्रदान गरुन भन्ने उद्देश्यले स्वर्ण पदक बिजेतालाई जनही रु. एक लाख, रजत पदक बिजेतालाई रु ५० हजार र कास्य पदक बिजेतालाई रु ३० हजार नगद प्रदान गरिने प्रमुख स्वकीय सचिव ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्