‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबले करौडौं खर्च गर्दै, ९ खेलाडी टिममा छानिए



फिरोज राजउपाध्याय, काठमाडौं ।

मछिन्द्र क्लब भोलि देखि सुरु हुने शहिद स्मारक ए डिभिजन लिगको लागि राष्ट्रिय टिमको ९ जना खेलाडीलाई आफ्नो टिमामा समावेश गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष प्रबोध विरसिंह कंस्काकारले सो जानकारी गराएका हुन् ।

जसमा पूर्व कप्तान बिराज महर्जन र हालका कप्तान सुजल श्रेष्ठ र राष्ट्रिय यू १९ टिमका कप्तान रेजेन सुब्बालाई टिममा समावेश गराइएको छ ।

क्लबले लिगको लागि करिव पौने २ करोड बजेट विनियोजन गरेको छ । त्यसमा खेलाडीको खर्चको लागि मात्रै १ करोड भन्दा बढि खर्च गरेको जनाइएको छ ।

क्लबसँग हालैमात्र नेपाटप, पेपे पिज्जा, सानम्युगल, थ्रि सिक्स्टी वन डिग्रीले, भिजन सफारी उत्कृष्ट ब्रान्डहरुले प्रायोजन गरेका छन् ।

क्लबमा समावेश खेलाडीहरु

विराज महर्जन
सुजल श्रेष्ठ
रेजिन सुब्बा
अविषेक रिजाल
विशाल राई
विशाल श्रेष्ठ
देवेन्द्र तामाङ
हेमन गुरुङ
रन्जीत धिमाल
सुर्य अधिकारी
योगेश गुरुङ
दिपक राई
बुद्ध चेम्जोङ
विजय धिमाल
तथा
विदेशी खेलाडीहरु
पिटर सेगुन(नाइजेरीया)
एडेलाडा सोमिडे)नाइजेरीया)
एन्ड्रेल मिया(क्यामरोन)

न्युज अफ नेपाल, काठमाडौं ।

देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा भारी हिमपात भएको छ भने पहाडी तथा तराई क्षेत्र वर्षा र शीतलहरको चपेटामा परेका छन् ।

बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हुम्लासहित कर्णालीका उच्च हिमाली भाग, मुस्ताङलगायतका क्षेत्रमा शुक्रबार बिहानैदेखि भारी हिमपात भइरहेका छन् । मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियम झरेको छ । तापक्रम घटेपछि यहाँका खोला तथा ताल जमेका छन् भने जनजीवन प्रभावित भएको छ ।

राष्ट्रिय समाचार समिति ९रासस० का अनुसार, हिमपातले डोटी, डोल्पालगायत क्षेत्रको जनजीवन पनि प्रभावित भएका छन् ।

पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपात भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सबैमा अनुरोध गरेको छ ।

विभागका अनुसार, हिमपातको यो सिलसिला मंसिर २९ गतेसम्म जारी रहनेछ ।

त्यस्तै तराईका भाग भने शीतलहर र तुवालोको चपेटामा परेका छन् । तवालो लागेपछि तराईका कतिपय जिल्लाको हवाई उडान प्रभावित भएका छन् ।

विभिन्न स्थानमा वर्षा

बुधबारदेखि विकसित मौसमी प्रणालीले विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौंसहित दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्जलगायत स्थानमा वर्षा भएको छ । बिहान ८ः४५ सम्ममा सबैभन्दा धेरै धनगढीमा ४५ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा १४ र डडेल्धुरामा ६ मिलिमिटर वर्षा मापन भएको छ । काठमाडौंमा पनि शुक्रबार बिहान सामान्य वर्षा भएको छ ।

विभागका अनुसार, शुक्रबार देशभरको मौसम बदली भई हल्का तथा मध्यम वर्षा हुने योग छ ।

शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनेछ । आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

मौसममा विकास भएको नयाँ प्रणाली शनिबारसम्म जारी रहने छ । शनिबारपछि भने विस्तारै मौसममा सुधार आउने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्