नीति निर्माण विषयक सरोकारवालासँग अन्तरक्रिया



दोलखा, (नेस)।
जिल्ला समन्वय समिति दोलखाले बुधबार स्थानीय सरकारको नीति निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा समन्वय प्रमुख डबल पाण्डेले स्थानीय सरकारको नीति निर्माण र कार्यान्वयनको अवस्था विषयमा अवधारणापत्रसमेत प्रस्तुत गर्नुभएको थियो।
अन्र्तक्रिया कार्यक्रममा सहभागी नगर तथा गाउँपालिकाका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले संघ तथा प्रदेशका सबै कानुन बनि नसकेकोले स्थानीय तहले कानुन बनाउन समस्या भएको र कर्मचारीको अभावले काममा समस्या भएको जस्ता गुनासो गर्नुभएको थियो।

कार्यक्रममा सहभागी नगर तथा गाउँपालिका प्रमुख तथा उपप्रमुखहरूले आ–आफ्नो नगर तथा गाउँपालिकामा समीक्षात्मक कार्यक्रम गर्ने, नागरिक समाजलाई नगर तथा गाउँपालिकाहरूको कार्यक्रमको अनुगमन गर्न सहयोग गर्ने, जिल्ला समन्वय समितिलाई त्यस्ता कार्यक्रमहरूको समन्वय तथा संयोजन गर्ने आग्रह गर्ने जस्ता प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा स्थानीय सरकारको नीति निर्माण र कार्यान्वयनको अवस्था विषयक अवधारणापत्र प्रस्तुत गर्दै समन्वय प्रमुख पाण्डेले संघीयता कार्यान्वयनपछि दोलखाका स्थानीय सरकारले गरेका राम्रा कामको समीक्षा हुनुपर्ने गर्नुभयो। स्थानीय सरकारले भोग्नुुपरेको चुनौतीको विषयमा छलफल गरी सुधारको उपाय खोजिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्