उपचार अभावमा १० वर्षदेखि ओछ्यानमै



नेपाल समाचारपत्र, भद्रपुर।

उमेर २१ वर्ष पूरा भयो। उनी पहिलो सन्तान हुन्। शरिरको आधा भागले काम गर्दैन। अत्यन्तै कमजोर आर्थिक अवस्था, परिवारमा एक प्रकारको आशासहितको निरासा भएको पनि १० वर्ष पुगिसक्यो तर, कहीँबाट न रकम आउँछ न स्थानीय सरकारले कुनै चासो देखाउँछ। रकम पाएमा उपचार हुने आशा लिएर बसेकी छन् झापा विर्तामोड नगरपालिका–८ की सावित्रा कटवाल।

नौ वर्षको उमेरमा आफ्नो घरको टाढबाट लडेर टाउकोमा असर परेपछि कम्बर भन्दा तल बिस्तारै असर पर्दै आएको उनी सुनाउँछिन्। उनी अस्पातल जाँदै स्कुल पनिसँगै जाँदै थिएँ। तर विरामले झन् च्याप्न थालेपछि ११ वर्षको उमेरमा नजिकै रहेको सरस्वती प्रावि देवनीयामा छ कक्षामा पढ्दै गर्दा पढाइको विट मार्नुपर्याे।

विस्तारै दुबै गोडा हँुदै हात चल्द छोड्दै छन्। शुरुमा देब्रे खुट्टा दुख्न थाले पछि भद्रपुर स्थित मेची अञ्चल अस्पताल, विर्तासिटी, काठमाडौँ , विराटनगरसम्मका अस्पतालमा अनुमानित ३ लाख भन्दा बढी रुपियाँ खर्च भइसकेको सावित्राकी आमा यमुना बताउँनुहुन्छ। रकम अभावमा जेठी छोरीको विजोग व्यहोर्नु परेको उहाँ सुनाउँनुहुन्छ। छोरीको उपचार कै क्रममा पति(गणेश)ले पनि मानसिक सन्तुलन गुमाए पछि झन् पीँडा भोग्नु परेको थियो।

पतिको तीन वर्षसम्म मानसिक सन्तुलन गुमेको थियो। उहाँका पति अहिले ठिक भइसकेपछि नजिकै रहेको पोल्ट्री फर्ममा काम गर्दै हुनुहुन्छ। एक जनाको कमाई दुई छोराको पढाई र घरमा अपाङ्ग छोरीले गर्दा आर्थिक अवस्था सङ्कटमा परेको उहाँको गुनासो छ। १५ धुर जग्गामा बस्दै आएको परिवारलाई छोरीको विषयमा हालसम्म स्थानीय सरकार बेखबर रहेको उहाँको गुनासो छ।

प्रचार–प्रसार भइदिए उपचार पश्चात हिड्डुल गर्न सक्नेमात्र भए पनि परिवारमा केही शान्ति मिल्ने आशामा रकम सहयोगका लागि सबैसँग अनुरोध गर्नुभएको छ। उपचारलाई निरन्तरता दिन पाएको भए निको हुने चिकित्सकले बताएको उहाँले सुनाउँनुभयो। राम्रो अस्पताल लैजान १५ लाख रुपियाँ जति खर्च लाग्छ भनेपछि उपचार गराउन नसकेको उहाँले पिँडा पोख्नुभयो।

आफैंले सुताइदिनु पर्छ, उठाइदिनु पर्छ।औषधी खाँदै १४ वर्षसम्म हिड्ने गरेको भएपनि ओछ्यान परेको १० वर्ष पुगिसकेको उहाँले सुनाउँनुभयो। सुधार हँुदै थियो उनको बुवा तीन वर्षसम्म विरामी भएपछि खर्च अभावका कारण उपचार गराउन नसकेको उहाँले बताउँनुभयो।

सामाजिक सञ्जालमार्र्फत विरामीको बारेमा जानकारी गराएपछि धमेन्द्र भट्टराइको छिमेकीले आल्फायू कम्पनी, साउदीबाट श्रेष्ठ थरका व्यक्तिले २८ हजार रुपियाँ सहयोग गरेको सावित्राको भनाई छ। प्रचार–प्रसारको अभावले गर्दा कहीँबाट सहयोग नआएको हुनसक्ने सामाजिक अभियान्ता मनु राजवंशीले बताउँनुभयो।

मौखिक रूपमा वडा कार्यालयलाई जानकारी गराएको उहाँको भनाई छ। स्थानीय अनिल गौतम स्वास्थ्य बीमा गराउन उक्त घर पुग्दा विरामीको घटना बाहिर आएको हो। गौतमले जानकारी पाएसँगै तत्काल सामाजिक सञ्जालमार्फत सार्वजनिक गराएपछि केही दिन अघि आठ नम्बर वडा कार्यालयले एक थान ह्वील चियर प्रदान गरेको छ। रकम अभावका कारण उपचार गर्न नसकेकोले सबैले सहयोग गरी जीवन बचाइ दिनहुन सबैसँग सावित्रीले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्