लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान : दैनिक चार जनाभन्दा बढी पीडित



नेपाल समाचारपत्र, काठमाडौं।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला यस्तै हिंसामा दैनिक चार जनाभन्दा बढी पीडित भएको तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक भएको छ।इन्सेकले मंसिर ९ देखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा तयार पारेको अध्ययन प्रतिवेदनमा यस्तो तथ्यांक समावेश गरेको हो।

‘अभिलेखित सबै घटनाको अनुसन्धान प्रक्रिया जारी रहेको छ। १६ दिने अभियान चलिरहँदा अछाममा एक महिलाको छाउगोठमा मृत्यु भयो। छोराले आमालाई कुटपिट गरी घाइते बनाएको लगायतका घरेलु हिंसाका घटना इन्सेकको अभिलेखमा छ’

जिल्ला प्रतिनिधिबाट प्रेषित भइआएका समाचारका आधारमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएका दिनमा लिंगकै आधारमा भएका हिंसासम्बन्धी समाचारलाई विश्लेषण गरेको प्रतिवेदनमा उल्लेख छ। इन्सेकमा भएको अभिलेखका आधारमा सो अवधिमा बलात्कारका घटनामा ९ जना महिलासहित २७ जना पीडित भएको जनाइएको छ।

त्यसैगरी यौन दुव्र्यवहारका घटनामा चार वर्षीया बालिकासहित १० जना र बलात्कार प्रयासका घटनामा ६ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ। यो अवधिमा बेचबिखन प्रयासका घटनामा ३ बालिकासहित ५ जना, बेचबिखन घटनामा ३ बालिका र कथित बोक्सीको आरोपमा २ महिला पीडित भए भने परिवारकै सदस्यबाट ३ महिला र १ बालिकाको हत्या भएको उल्लेख छ।

‘अभिलेखित सबै घटनाको अनुसन्धान प्रक्रिया जारी रहेको छ। १६ दिने अभियान चलिरहँदा अछाममा एक महिलाको छाउगोठमा मृत्यु भयो। छोराले आमालाई कुटपिट गरी घाइते बनाएको लगायतका घरेलु हिंसाका घटना इन्सेकको अभिलेखमा छ’ –प्रतिवेदनमा उल्लेख छ। घरेलु हिंसाका घटनाको तथ्यांकलाई यो प्रतिवेदनमा समावेश नगरिए पनि त्यस्ता घटना पनि इन्सेकको अभिलेखमा राखिएको इन्सेकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्