विश्वका महिलाको प्रगति सार्वजनिक



काठमाडौं, (नेस)।

विश्वका महिलाको प्रगति, २०१९–२०२० बदलिँदो संसारमा परिवारको प्रतिवेदन बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ। नेपाल महिला बालबालिका तथा ज्येष्ठ नागरिकका (एमओडब्ल्यूसीएससी)का सचिव चन्द्रकुमार धिमिरे, यूएन आरसी, मिस भलेरी जुलियाना र संयुक्त राष्ट्रसंघ महिला प्रतिनिधि विइनी कुसुम मिलेर संयुक्तरूपमा सो प्रतिवेदन सार्वजनिक गरिएको छ।

उक्त कार्यक्रममा संयुक्त राष्ट्रसंघ महिला राष्ट्रिय सल्लाहकार सरु जोशी श्रेष्ठले महिलाको प्रगतिको प्रतिवेदन प्रस्तुत गर्दै देशमा राजनीतिकरूपमा परिवर्तन भए पनि हाम्रो सोचमा परिवर्र्तन नआइकन महिलाको जीवनमा ठूलो परिवर्तन हुन नसक्ने बताउनुभयो। उहाँले मौलिक हक पाएर पनि समलिंगीहरूले विशेषाधिकार अनुभव गर्न वातावरण बन्न नसकेको भन्दै सरकारलाई बेवास्ता नगर्न सुझाव दिनुभयो।

समूहगत छलफलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघ महिला सल्लाहकार रीता थापाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। छलफलमा राष्ट्रिय योजना आयोगका संयुक्त सचिव डा. किरण रुपाखेती, माइती नेपालकी लक्ष्मी घलान, मार्टि«न चौतारीकी कैलाश राई, महिला मानवअधिकारकर्मी एकल महिला समूहबाट कुन्दा श्रेष्ठ र नागरिकका सम्पादक गुणराज लुइँटेल हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्