शुक्रबारको मौसम यस्तो



This image depicts the rain in Asia. Image: Nepal Weather Forecast Twitter

न्युज अफ नेपाल, काठमाडौँ ।

देशभर शुक्रबारको मौसममा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् ।

देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

राती देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

पश्चिमि उच्च पहाडी सहित हिमाली भू–भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।

प्रतिक्रिया दिनुहोस्