हेटौंडामा पहिलो पटक कारमेला



न्युज अफ नेपाल, हेटौंडा ।

गाडी किन्न इच्छुकहरुलाई मध्यनजर गर्दै हेटौंडामा पहिलो पटक बिहीबारदेखि कारमेला सुरु भएको छ ।

सिप्रदी ट्रेडिङ प्रालि र प्राइम अटोट्रेडर्स प्रालिको संयुक्त आयोजनामा सुरु टाटा मोटर्स कारमेलाको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवाल, प्राइमका प्रोप्राइटर सुबोध सापकोटा र सिप्रदीका डिलर डेभलपमेन्ट मेनेजर गोबिन्द घिमिरेले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

काठमाडौं, इटहरी, पोखरा र बुटवललगायत सहरमा वर्षेनी हँुदै आएको कारमेला हेटौंडा र बीरगञ्ज क्षेत्रका लागि लक्षित गरेर हेटौंडामा आयोजना गरिएको हो । कारमेलाले ग्राहकका लागि केही अफर उपलब्ध गराएको छ ।

अन द स्पट फाइनन्स सुबिधा, एक्सचेञ्ज गर्न चाहनेका लागि उच्च मूल्यांकन तथा एक्सचेञ्जमा १ लाखसम्म थप बोनस, टेष्टड्राइभ गर्नेलाई उपहारसहित मनोरञ्जनात्मक व्यबस्था गरिएको छ । हेटौंडाको रोयल प्यालेसमा शनिबारसम्मका लागि मेला आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्