नेपाली जहाज युरोपको आकाशमा कालो सूचीमा अझै यथावत



न्युज अफ नेपाल, काठमाण्डौ ।

युरोपेली युनियनले यसपटकको समीक्षाबाट नेपाललाई कालो सूचीबाट हटाउने अपेक्षा गरिए पनि उनीहरुले नेपाललाई कालो सूचीबाट हटाएका छैनन् ।

सुरक्षा संवेदनशीलता भन्दै युरोपेली युनियनले सन् २०१३ देखि नेपाली जहाज र आकाशलाई कालो सूचीमा राखेको हो । नेपाली जहाज कम्तीमा छ महिना युरोपको आकाशमा उड्न नपाउने भएका हुन् ।

सरकारले पटक–पटक कुटनीतिक पहल गरेको भएपनि यो पटक पनि कालो सूचीमै रहेको हो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपाललाई सुरक्षा सूचीबाट हटाइसकेको छ, तर युरोपेली युनियनले कालो सूचीमै राख्नुमा स्वार्थ लुकेको हवाई विज्ञहरुले बताउँदै आएका छन् ।

ईयूले १५ देशका १ सय ५५ विमान कम्पनीलाई कालो सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्