दोलखामा जेसिबी पल्टिँदा एकको मृत्यु, ३ घाइते



न्युज अफ नेपाल, दोलखा ।

दोलखामा जेसिबी पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हरनेमा कालिन्चोक–४ चिउरीखर्कका २२ वर्षीय राजु थामी रहेका छन् । दुर्घटनामा घाइते भएका थामीको उपचारको क्रममा चरिकोट प्राथमिक स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

दुर्घटनामा परि कालिन्चोक गाउँपालिका–४ चिउरीखर्क घर भएका चालक २२ वर्षीय राजकुमार थामी, बिगु गाउँपालिका-७ अम्बा टोलका २७ वर्षीय बिजय श्रेष्ठ र भीमेश्वर नगरपालिका-२ का १६ वर्षीय सुमन थामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

बुधबार राति भिमेश्वर नगरपालिका–२ तिखातलमा सडकबाट १ सय मीटर तल खसेको हो ।

प्रतिक्रिया दिनुहोस्