दुर्घटनामा परी आमाको मृत्युः छोराछोरी टुहुरा



विष्णु तिमिल्सिना, बर्दिया ।

टिप्परको ठक्करबाट घाईते भएकी आमा धनमायाको मृत्यु भएपछि उनकी ११ बर्षीया छोरी बर्षा चौधरी र ८ बर्षका छोरा करण चौधरी टुहुरा भएका छन् ।

मंसिर १६ गते टिपरको ठक्करबाट घाईते भएकी उनको बारबर्दिया नगरपालिका वडा नं ३ बेल्वाबजा झण्डिपुरबाट माईत गुलरिया नगरपालिका बडा नं १ को १६ नं. गाँउको मिलननगर जादँै गर्दा टिपरको ठक्करबाट धनमाया चौधरी सख्त घाईते भएकी थिइन् र बुधबार उपचारका क्रममा उनको मृत्यु भएको हो ।

५ बर्ष अघि रुखमा घास काट्ने क्रममा रुखबाट लडेर बाबु श्रीराम थारु गुमाएका बर्षा र करणले एक मात्र अभिभावक आमा पनि गुमाए पछि टुहुरा भएका छन् ।

दैनिक ज्यालादारी गरेर छोरा छोरी पढाइ रहेकी आमाको मृत्यु पश्चात छोराछोरीको भविष्य अन्धकार भएको नेपाली कांग्रेसका युवा नेता शम्भु रिजालले भन्नु भयो ।

आमाको मृत्यु पछि टुहुरा भएका छोरा छोरीको लागि शिक्षा सहितको उज्ज्वल भविष्य लागि नेपाल सरकारले सहकार्य गर्नुपर्ने रिजालले बताउनु भयो ।

दुर्घटनामा मृत्यु पछि टिपरका चालक गणपति कन्सट्रक्सनका प्रतिनिधि र मृतकका परिवार संग विभिन्न बिषयमा सहमति नहुँदा आज सम्म पनि शव परिवारले बुझ्न सकेका छैनन्।

घटनाको बिषयमा प्रहरी, प्रशासन र जनप्रतिनिधिले समेत पीडितको पक्षमा नदेखिए पछि बुधबार गाँउका स्थानीयले सडक जाम गरेका थिए ।

सडक जाम पछि बुधबार साँझ गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले गाँउलेहरु माझ पीडितका लागि पहल गर्ने आश्वासन दिए पछि सडक जाम खुलेको थियो ।

आमाको मृत्यु पछि टुहुरा भएका छोरा छोरीको उच्च शिक्षा सहित पालनपोषणको ग्यारेण्टी सम्बन्धित निकायले गर्नु पर्ने बर्षा र करणका ठुलि आमा सिता चौधरीले माग गर्नु भयो ।

दुर्घटनामा मृत्यु भएकी चौधरीका छोरा छोरीको सम्पुर्ण अध्ययन देखि लालनपालनको ब्यवस्थापन पीडक पक्षले गर्नु पर्ने स्थानीय युवा नैन सुनारले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्