कुमारी बैंकको शाखा अब मेलम्चीमा



न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।

कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक स्थित आफ्नो मेलम्ची शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका संचालक कृष्णप्रसाद ज्ञवाली तथा मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बताएको छ ।

विगत १८ वर्षदेखि बैंकिङ्ग सेवा दिदैँ आएको यस बैंकले, आफ्ना देशभर रहेका १ सय १६ शाखा संजाल, १ सय १२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखासहित बैंकिङ्ग ईकाईहरु मार्फत  ग्राहकवर्गलाई सेवा दिएको जनाएको छ ।

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्