स्वर्ण विजेतालाई एक लाख



हेटौंडा, (नेस)।

प्रदेश–३ सरकारले प्रदेशका १३औं दक्षिण एसियाली खेलकुद (साग) विजेतालाई पुरस्कार दिने निर्णय गरेको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको सभाध्यक्षता बसेको मन्त्रिपरिषद् बैठकले जारी सागका ३ नम्बर प्रदेशका स्वर्णपदक विजेतालाई १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो। खेलाडीलाई प्रोत्साहन गर्न उनीहरूलाई नगद पुरस्कार दिन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्