को सरकार ?



सरकार नै प्रधानमन्त्री, प्रधानमन्त्री नै सरकार। धरहराले अब सरकारलाई यसरी नै चिन्ने भो। प्रधानमन्त्रीको एकल निर्णयले दुई तिहाईको सरकार चल्दो रै’छ भन्ने कुरो अब घामझैं छर्लङ भएको छ।

पीएम ओलीले सागका पदकधारी खेलाडीलाई गर्या सरप्राइज बक्सिसले यो कुरो पुष्टि गर्या छ।एक स्वर्णधारीलाई ९ र एकभन्दा बढी स्वर्ण प्राप्त गर्नेलाई ११ लाख अनि रजत र कास्यपदक पाउनेले ६ र ३ लाख पाउने कुरो सुन्दा खेलाडी, उनका कोच र आफन्त जति दङ मख्ख भा’छन् त्योभन्दा तीन गुणाबढी खुसी धरहरालाई लाग्या छ।

खेलाडीलाई सम्मान र पुरस्कृत गर्ने कुरोमा कसैले विरोध जनाउँदैन।तर कम्रेड, यही निर्णय क्याविनेटबाट गराइएको भए सुनमा सुगन्ध हुन्नथ्यो र भन्या। कि, कम्रेडले आफ्नो व्यक्तिगत कन्तुरबाट खेलाडीलाई नगद प्रदान गर्ने तयारी गर्या हो भने भन्नु केही छैन।

त्यसो हो भने धरहरा कम्रेडलाई स्याल्यूट गर्न चाहन्छ।नेताका कन्दनी, दौरा, फरिया समातेर अघिपछि गर्नेलाई दिने रकम चाहिँ खुसुक्क क्याविनेटबाट निर्णय गराउने अनि मुलुकको इज्जत प्रतिष्ठा उँचो बनाउने खेलाडीलाई दिने बक्सिस बारे एकतर्फी घोषणा गर्ने ? यो चाहिँ अलि हजम भएन है पाठकवृन्द कि कसो !

प्रतिक्रिया दिनुहोस्