भ्रमण वर्षका लागि हेटौंडामा नयाँ होटल



हेटौंडा, (नेस)।

हेटौंडामा नयाँ होटल सञ्चालनमा आएको छ। हेटौंडा–१०, टीसीएनरोडमा होटल सूर्यान्स प्रालि सञ्चालनमा आएको हो।होटल सञ्चालक निप्पु सर्राफले साढे दुई करोड लगानीमा नयाँ स्वरुपसाथ होटल सञ्चालनमा ल्याइएको बताउनुभयो।

भिजिट नेपाल २०२० लाई लक्षित गरेर नयाँ व्यवस्थापन साथ रेष्टुरेन्ट, पर्याप्त पार्किङ, लिफ्टसहित व्यवस्थापनमा होटलले सेवा दिने सञ्चालक सर्राफले जानकारी दिनुभयो।

‘२ वटा रेष्टुरेन्टसहित बारको व्यवस्था गरिएको र टफन ग्लाससहित हेटौंडा बजारको दृश्यावलोकन गर्न सकिने गरी सातौं तलासम्म होटल सञ्चालनमा ल्याएका छौं,’ सराफले बताउनुभयो।

अंग्रेजी नयाँ वर्ष २०२० को जनवरीबाट पूर्णरुपमा सञ्चालनमा आउने ३० वटा स्विटरुम र ६५ जना बस्ने मिल्ने र २ स्टार बराबर सेवा दिइने बताइएको छ।

होटलको व्यवस्थापनमा कुनै कसर बाँकी नराखिएको बताउँदै सञ्चालक सर्राफले भन्नुभयो–‘हामी बजारका अन्य होटल सरहको हैसियतमा उभिएका छौं।

बजार सुहाउँदो व्यवस्थापन गर्न नसकेकै कारण खस्किँदै गरेको होटललाई थप लगानी गरेर सञ्चालनमा ल्याइएको होटलका सञ्चालक सर्राफले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्