एनसीसी बैंकले ऋणपत्र जारी गर्ने



काठमाडौं, (नेस)।

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १० दशमलव ५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’ जारी गर्ने भएको छ। ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।

कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र १२ लाख कित्ता ऋण सर्वसाधारणमा निष्काशन हुनेछ।

ऋणपत्र निष्काशनका लागि बुधबार नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठबीच सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्