सिड्नीमा प्रदुषण चर्कियो



सिड्नी, (एजेन्सी)।

अस्ट्रेलियाको जंगलमा लागेको आगलागीका कारण देशकै सबैभन्दा ठूलो र सुन्दर सहर सिड्नीमा वायु प्रदुषण अत्यधिक बढेको छ। सिड्नीका बासिन्दालाई श्वास लिन पनि कठिनाइ उत्पन्न भइरहेको बताइएको छ।

धुँवाका कारण आँखा पोल्ने गरेको श्वास प्रश्वासमा समस्या भइरहेको जनाइएको छ। शहरमा फेरी सेवालाई बन्द गरिएको छ र नागरिकलाई स्वास्थ्यसम्बन्धी चेतावनी दिइएको छ। सिड्नीको ओपेरा हाउस र हार्बर ब्रिज धुँवाका कारण धमिलो देखिएको बताइएको छ। सिड्नीको वायु गुणस्तर सूचकांक एक्युआई ३ सय ४१ रिकर्ड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्