दश हजार भारतीय हिरासतमा



वासिङटन, (एजेन्सी)।

अमेरिकामा गत वर्ष १० हजार भारतीयलाई हिरासतमा लिइएको एक प्रतिवेदनले जनाएको छ। राष्ट्रिय सुरक्षा वा जन सुरक्षाका लागि खतरा देखिएकाले करिब १० हजार भारतीयको पहिचान गरी उनीहरूलाई हिरासतमा लिइएको प्रतिवेदनमा उल्लेख छ।

आईसीईद्वारा हिरासतमा लिइएका भारतीयको यो संख्या सन् २०१५ को तुलनामा दुई गुणा हो। सन् २०१५ मा ३ हजार ५ सय ३२ भारतीयलाई हिरासतमा लिइएको थियो। सन् २०१६ मा ३ हजार ९ सय १३, सन् २०१७ मा ५ हजार ३ सय २२ र सन् २०१८ मा ९ हजार ८ सय ११ भारतीयलाई हिरासतमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्