सडकमा ट्राफिकका पुत्ला ठड्याइए



नयाँ दिल्ली, (एजेन्सी)।

भारतको व्यस्त ट्राफिकको चाप हुने शहरमध्ये एक बैंगलोरमा सवारी साधन चालकलाई तह लगाउन सरकारले नयाँ जुक्ति अपनाउन थालेको छ । दक्षिणी भारतीय शहर बैंगलोरका सडकमा सरकारले धमाधम ट्राफिक प्रहरीको पोसाक लगाइएका म्यानेक्विन अर्थात पुत्ला ठड्याउन थालेको छ।

अब व्यस्त सडकका कुनाकाप्चामा प्रहरीको टोपी, सेतो कमिज, खाकी रंगको पाइन्ट र सनग्लास लगाएका यस्ता पुत्लाहरु ड्युटीमा खटिएको अवस्थामा ठिंग उभिरहेको देख्न पाइन्छ। तिनीहरूलाई साँच्चकै ट्राफिक प्रहरी ठानेर सावारी चालक दोब्बर चनाखो हुने अनुमान गरिएको छ।

सबैभन्दा ठूलो सूचना प्रविधि उद्योग रहेको भारतको बैंगलोरमा ८ लाख दर्ता गरिएका सवारी साधन गुड्ने गरेका छन्।आगामी सन् २०२२ सम्ममा यो संख्या बढेर १ करोड नाघट्ने सरकारी अनुमान रहेको छ। त्यहाँको औसत सवारी साधन गति १८ दशमलव ७ किमि प्रतिघन्टा रहेको छ।

मुम्बइ शहरमा यो तथ्यांक १८ दशमलव ५ किमि प्रतिघण्टा रहेको छ। शहरका विभिन्न स्थानमा राखिएका सीसीटिभि क्यामेराका अनुसार प्रति दिन २० हजार वटा ट्राफिक नियम उल्लंघन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्