अमेरिकाको न्युजर्र्सीमा गोलीकाण्ड



वासिंगटन, (एजेन्सी)।

अमेरिकाको न्युजर्सीमा मंगलबार राति भएको गोली हानाहानमा एकजना प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। यस घटनामा अन्य दुईजना प्रहरी पनि घाइते भएका छन्।शहरको ग्रिनवीले क्षेत्रमा कम्तीमा एक घण्टासम्म गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

एक स्थानीय पसलबाट लिएर दुइजना संदिग्ध बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। भीडन्तमा मारिएका प्रहरी अधिकार जोसेफ सिल्स १३ वर्षदेखि जर्सी शहरमै बसेर र बन्दुकधारी नियन्त्रण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइएको छ। संदिग्ध व्यक्तिलाई समाउन नियन्त्रणमा लिन जाने क्रममा नै जोसेफमाथि गोली प्रहार भएको थियो।

भीडन्त शुरू भएपछि सो स्थानमा विशेष प्रहरी इकाइ पुगेर संदिग्ध बन्दुकधारीलाई गोली हानेर मारेका थिए। सो व्यक्तिको साथबाट प्रहरीले एउटा राइफल तथा सयौं राउन्ड गोलीसमेत बरामद गरेको छ। यो भीडन्तमा अन्य को को संलग्न छन् तथा आक्रमणको उद्देश्य के हो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन।

यद्यपि यो कुनै आतंकवादी हमला नभएको अधिकारीले अनुमान गरेका छन्। अमेरिकामा बारबार भइरहने गोलीकाण्डमा ठूलो जनधनको क्षति हुने गरेको छ।
ती दुई बन्दुकधारीले जानीजानी यहुदी जेसी कोसर सुपरमार्केट लक्षित आक्रमण गरेको जर्सीका प्रहरीले जनाएको छ।

यसैबीच न्युयोर्कका मेयर बिल दि ब्लासियोले ट्विट गर्दै त्यहाँ खासै हमलाको धम्की नआए पनि विशेषगरी यहुदी समुदायको सुरक्षाका लागि प्रहरीलाई शहरभरि सतर्क राखिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्