हराएका १ सय ५२ मोबाइल धनीलाई



हेटौंडा, (नेस)।

प्रहरीले पछिल्लो समय ३१ वटा मोबाइल फेला पारेर धनीलाई बुझाएको छ। ९ महिना अवधिमा जिल्ला प्रहरी कार्यालयबाट १ सय ५२ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो।

विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाइल हराएको भनी दिइएका निवेदनका सम्बन्धमा उपलब्ध स्रोतसाधन प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी प्रहरीले खोजतलास गरेको गरेको थियो।

ती मोबाइल १२ हजारदेखि एक लाखसम्म मूल्य पर्ने बताइएको छ। ती मोबाइलको कुल मूल्य करिब ९ लाख ९३ हजार पर्ने प्रहरीको दाबी छ। मोबाइल पत्ता लगाएर सम्बन्धित धनीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बोलाएर जिम्मा लगाइएको हो।

प्रतिक्रिया दिनुहोस्