तीन सय किशोरी केरुङमा



नेपाल समाचारपत्र, रसुवा ।

भूकम्पपछि सञ्चालनमा आएको रसुवागढी नाकासँगै चीनको केरुङ नाकामा पनि आकर्षण बढेको छ। माइती नेपाल रसुवाको तथ्याङ्कअनुसार रसुवाका तीन सय किशोरी चीनको केरुङमा काम गर्न गएका हुन्।

सीमा क्षेत्रका नेपालीलाई चीनको केरुङ प्रवेश गर्न खर्च कम, राहदानी बनाउन नपर्ने, झन्झट कम हुने र प्रशस्त कमाई हुने भएकाले किशोरी तथा महिला त्यसतर्फ गएको बताइएको छ। त्यसतर्फ जानेमा यार्सा, राम्चे, सरमथली, हाकु, थुमन, डाँडागाउँलगायतका क्षेत्रका किशोरी बढी रहेको माइती नेपालको तथ्यांकमा उल्लेख छ।

४४ जना २० वर्षभन्दा कम उमेरका किशोरीलाई परामर्श दिई केरुङ जान रोक लगाइएको छ। उमेर पुगेकालाई त्यसतर्फ जान रोक नलगाइएको माइती नेपाल रसुवाका जिल्ला संयोजक लालुमाया घलेले जानकारी दिनुभयो।

उमेर पुगेका छ सय २९ किशोरीलाई रसुवागढी नाकामा परामर्श दिइरहेको छ। ३ सय ३८ किशोरी ओहोरदोहोर गरिरहेका छन् प्रायजसो चोर बाटो अपनाएर पनि जाने गरेको बताइएको छ।

केरुङ पुगेका प्रायः किशोरीहरू होटल, डान्सबार तथा रेस्टुरेन्टमा काम गर्छन्। त्यसतर्फ कक्षा ८ देखि १२ कक्षा पढ्ने किशोरीहरू जाने गरेका छन्। केरुङमा २५ वटा भट्टी पसल, ४ सय होटल र ३ वटा डान्सबार छन्।

केरुङमा महिनाको १५ हजार देखि ३० हजार रुपियाँसम्म आम्दानी हुने गरेको त्यही काम गर्ने किशोरीले बताएका छन्।
पहिले भारतका कोठीहरूमा बेचिन्थे भन्ने सुनिन्थ्यो तर खुलेआम केरुङ पुगेका अधिकांश किशोरीहरू यौन दुव्र्यवहारको जोखिममा रहेका छन्। भने देह व्यापारमा समेत लगाइने गरेको त्यहाँका व्यवसायी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्