शिक्षक दरबन्दी सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौँ।

सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनर्वितरणका बारेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी दिनुभएको छ।

उहाँले हाल देशभर प्राथमिक तहमा ८० हजार १ सय ७६, निम्न माध्यमिक तहमा १६ हजार २ सय ४४, माध्यमिक तहमा १२ हजार ७ सय २५ र साविकको उच्च माध्यमिक तहमा २ हजार दरबन्दी तथा प्राथमिक तहको २१ हजार ८ सय ७१, निम्न माध्यमिक तहको ९ हजार ६ सय ९ माध्यमिक तहको ६ हजार ८ सय ९८ र साविकको उच्च माध्यमिक तहको ४ हजार राहत अनुदान कोटाभित्रै रहेर स्थानीय तहगतरूपमा शिक्षक दरबन्दी तथा राहत अनुदान कोटाको बाँडफाँड तथा पुनर्वितरण गरिएको जानकारी दिनुभयो।

गत वर्षको असार ४ गते मन्त्रिपरिषद्को निर्णयअनुसार शिक्षक दरबन्दी मिलानसम्बन्धी सुझाव पेस गर्न नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गठित कार्यदलले गत वर्षको भदौ २९ गते प्रतिवेदन पेस गरेको थियो।

उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित कार्यदलले शैक्षिक तथ्यांक २०७५ र शिक्षा नियमावली २०५९ (संशोधनसहित) को अनुसूची १२ का आधारमा तयार पारेको विवरणका आधारमा मन्त्रिपरिषद्को गत भदौको निर्णयअनुसार दरबन्दी मिलानको कार्य स्थानीय तहगतरूपमा गर्नका लागि शिक्षा तथा विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो।

https://youtu.be/Eyc3w-IOok4

https://youtu.be/pxqeCWinkq8

प्रतिक्रिया दिनुहोस्